हिलारी क्लिनटनलाई इमेल प्रकरणमा क्लिन चिट

कार्तिक २२, काठमाडौं । निर्वाचनको मुखैमा आइपुग्दा अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिनटनलाई त्यहाको जाँच ब्युरोले इमेल प्रकरणमा क्लिन चिट दिएको छ ।

विदेशमन्त्री हुँदा क्लिन्टनले सरकारी कामकाजका लागि निजी सर्भर प्रयोग गरेको विषय राष्ट्रपतीय निर्वाचनको महत्वपुर्ण मुद्दा बन्दै आएको थियो ।

तर दोश्रो पटक भएको अनुसन्धानमा पनि गल्ति नभेटिएको भन्दै एफबीआईका निर्देशक जेम्स कोमीले संसदलाई पत्र लेख्दै नयाँ छानबिनमा पनि कुनै आपराधिक काम गरेको प्रमाण नभेटिएको जानकारी दिएका छन ।

गत जुलाईमा पनि एफबीआईले क्लिन्टनका इमेल जाँच गरी सरकारी कामकाजमा निजी सर्भरको प्रयोग गरेर क्लिन्टनले लापरवाही गरे पनि अपराध भने नगरेको भन्दै सफाइ दिएको थियो ।

पछि क्लिन्टनका एक सहयोगीका पतिको ल्यापटपमा क्लिन्टनका निजी इमेल फेला परेपछि एफबीआईले पुनः जाँच सुरु गरेको थियो ।

पुनः जाँच गर्ने कुरा निर्वाचनको ११ दिनअघि खुलासा भएपछि क्लिन्टन संकटमा परेकि थिइन । क्लिन्टनका प्रतिस्पर्धी डनाल्ड ट्रम्पले भने असन्तुष्टी जनाउँदै उक्त क्लिनचिटको विरोध गरेका छन ।

एफबीआईको ताजा निष्कर्षले क्लिन्टनलाई निकै राहत मिलेको छ । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.