धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाको छ करोड सत्र लाख

कार्तिक २२, काठमाडौं । धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले छ करोड सत्र लाख तेह्र हजार सात सय त्रियासी रुपैयाँ प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको छ ।
मै बनाउँछु मेरो धरहरा अभियान अन्तर्गत सोमबार नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा चेक बुझ्दै प्रधानमन्त्री दाहालले धरहरा निर्माणका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले सहयोगका लागि सेनालाइ धन्यवाद पनि दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.