एमालेका पा“च नम्बर प्रदेशको संगठन कमिटीको पहिलो बैठक बुटवलमा संविधान संशोधनका नाममा , गम्भीर षड्यन्त्र

बुटवल, कात्तिक २२ । एमालेका प्रदेश कमिटीमा रहेका नेता कार्यकर्ताहरुले
संक्रमणकालका नाममा संविधानका विरुद्ध अनेक षड्यन्त्रहरु भइरहेको भन्दै पार्टी
नेतृत्वलाई एकताबद्ध बन्न आग्रह गरेका छन । संविधान संशोधनका नाममा अनेक
चलखेलहरु भइरहेको भन्दै उनीहरुले त्यस्ता षड्यन्त्रहरुलाई गम्भीरता पूर्वक लिएर
परास्त पार्ने उचित रणनीति बनाउन पनि पार्टी नेतृत्वलाई सुझाब दिएका छन ।
कमिटी गठन भएपछि पा“च नम्बर प्रदेशको संगठन कमिटीको पहिलो बैठक बुटवलमा
बसेको थियो । सोही बैठकमा सहभागी कमिटीका नेता कार्यकर्ताहरुले संविधान
निर्माणमा जस्तै कार्यान्वयनमा पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्न
जरुरी रहेकोमा जोड दिए । पा“च नम्बर प्रदेश संगठन कमिटीको पहिलो बैठक
सोमबारदेखि बुटवलमा बसेको छ ।
उपाध्यक्ष बामदेब गौतमको प्रमुख आतिथ्यता र उपमहासचिब तथा प्रदेश संयोजक
बिष्णु पौडेलको अध्यक्षतामा भइरहेको बैठकमा, अर्का उपमहासचिब घनश्याम
भुषाल, सचिबद्वय प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, पार्टी स्कुल विभागका उप–प्रमुख
शंकर पोखरेल, प्रदेश कमिटीका सह–संयोजक दलबहादुर राना, स्थायी समितिका
सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सूर्य थापा,
केन्द्रय सदस्यहरु लिला गिरी, खिमलाल भट्राई, ठाकुर गैरै, नजिर मिया, एकराज
विक, राधा ज्ञवाली लगायतका नेताहरुको आतिथ्यता छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.