प्रधानमन्त्री पुष्पकमल दाहालले नै पुर्व लडाकुहरुलाई अमानवीय ढंगले गिरफ्तार गराए

काठमाडौ। कार्तिक २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालिन जनयुद्धका लडाकुहरुलाई अमानवीय ढंगले गिरफ्तार गरेको छ । माओवादी नेतृत्वको सरकारले सयौको संख्यामा प्रहरी पठाएर अयोग्य घोषित पूर्व लडाकुहरुलाई गिरफ्तार गरेको हो । आफ्ना माग पुरा नभएको भन्दै आइतवारदेखि माओवादीको पार्टी कार्यालय पेरिस डाँडाबाट कब्जाको घोषणा गरेका पुर्व लडाकुहरुलाई सोमवार विहान ठुलो सख्यामा गएका प्रहरीले गिरफ्तार गरेका थिए ।

गिरफ्तार गरिएका १ सय ६९ जना पूर्व लडाकुहरुलाई तत्काल नयाँ बानेश्वर, गौशाला र कोटेश्वर प्रहरी वृतमा पुर्याएको थियो । गिरफ्तार हुनेहरुमा बालबालिका सहितका महिलाहरु पनि छन ।

प्रहरीले गिरफ्तार गर्न थालेपछि उनीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध चर्का नारा लगाएका थिए । आफुहरुकै पैसाले पार्टी कार्यालय किनिएको र पुष्पकमल दाहाललाई आफुहरुले नै नेता बनाएको तर अहिले पुर्व लडाकुलाई घर न घाटका बनाइएको भन्दै बहिर्गमित पुर्व जनमुक्ति सेना गठन गरेर आन्‍दोलनमा उत्रिएका उनीहरुले अयोग्य शब्द हटाउनुपर्ने, पूर्वलडाकु सबैलाई आर्थिक सहयोग गर्नुपर्ने र योगदानको कदर हुनुपर्ने माग राखेका छन ।

आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी रहने संगठनका महासचिव राजन मगरले बताए ।

पुर्व लडाकु समेत रहेकी इलामकी कोपिला राइले भनिन – आफ्नै पार्टीको सरकारले पनि हामीलाई केही गरेन । हिजो अरुका लागि लड्यौ तर आज आफ्नै लागि लड्नुपरको छ ।

२०६६ सालमा छानबिनपछि सरकारले चार हजार नौ जनालाई अयोग्य घोषित गरी घर फर्काएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.