मधेशी मोर्चाका माग समेटेर अघि बढ्न भारतीय प्रधानमन्त्री मोदीको काग्रेस सभापति देउवालाई सुझाव

काठमाडौ। कार्तिक २३ । भारत भ्रमणमा रहनुभएका नेपाली काग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलवार भेटवार्ता भएको छ ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले सबै नेपालीलाई मिलाएर संविधान कार्यान्वयनमा अघि बढ्न देउवालाई सुझाव दिनुभएको बताइएको छ । सवै पक्षको सहभागीता भनेर मोदीले मधेश केन्द्रित दलका माग पुरा गर्न देउवालाई सचेत बनाउनुभएको हो ।

आफु छिट्टै प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले भेटका अवसरमा मधेस केन्द्रित दल लगायत सबै पक्षको मर्म र भावना समेटेर संविधान संशोधन गर्ने तयारी भैरहेको जानकारी गराउनुभएको थियो । देउवा भारतीय नेताहरुको समर्थन जुटाउन दिल्ली दौडाहामा हुनुहुन्छ ।

दुइ नेताबीच आपसी हित र सम्वन्धका विषयमा पनि कुरा भएको र भारतीय प्रधानमन्त्री मोदीले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा सवैखाले सहयोग गर्न भारत तयार रहेको जानकारी गराउनुभएको देउवालाई उद्धृत गर्दै श्रोतले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.