भारतीय एक हजार र पाँच सय को रोकको असर नेपाली अर्थतन्त्रमा पनि

काठमाडौ । कार्तिक २४ । भारतले एक हजार र  पाँच सय रुपैयाँका नोटको कारोवारमा रोक लगाएपछि त्यसको असर नेपाली अर्थतन्त्रमा पनि परेको छ ।

राष्ट्र बैंकले पनि आकस्मिक बैठक बोलाएर बुधवार भारतीय एक हजार र पाँच सयका नोटको कारोवार नगर्न बैकहरुलाई निर्देशन दिएको छ । अव तत्काल सर्वसाधारणसँग भएको एक हजार र पाँच सयको नोट पनि कारोवारमा चल्ने छैन ।

राष्ट्रबैकले बुधवार परिपत्र गरी पाँच सय र एक हजारका नोट सटही नगर्न र मंगलवार साँझ क्लोजिंग गर्दा जम्मा भएको पाँच सय र हजार दरका नोटको अवस्था जानकारी गराउन बैंक तथा मनि चेञ्जरहरुलाइ निर्देशन दिएको हो । अव बैक तथा मनिचेन्जरले त्यस्ता नोटको अवस्था केन्द्रीय बैंकमा जानकारी गराउनुपर्नेछ ।

तर सर्वसाधारणसँग रहेका नोट सटहीका सम्बन्धमा भने राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँगको सहकार्यमा पछि सूचना गर्ने बताएको छ ।

यसअघि नेपालमा प्रतिवन्धित रहेको भारतीय एक हजार र पाँच सयको नोट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि २०७१ सालदेखि प्रचलनमा आएको हो । अहिले राष्ट्र बैंकले २५ हजार रुपैयाँसम्मको भारतीय रुपैयाँ सटहीको सुविधा दिएको छ ।

यता भारतले मंगलवारदेखि प्रतिवन्ध लगाएका कारण भारतमा काम गर्ने नेपालीहरुले पैसा पठाउन पाएका छैनन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार मध्य रातीदेखि लागू हुने गरि ती नोटहरु बजारबाट हटाइने घोषणा गरेका थिए । टेलिभिजनबाट सम्बोधन गर्दै मोदीले कालो धन र भ्रष्टाचारलाइ रोक्न सो कदम चालिएको र अब बजारमा ५ शय र २ हजार दरका नया नोट ल्याइने बताएपछि भारतका सबै बैङकहरु एक दिन बन्द रहे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.