कांग्रेस सभापति देउवाले चेतावनी दिदैं भने- ठुला कुरा गर्ने, भित्तैसम्म लखेट्ने हो भने मैले जानेको छु

काठमाडौ । कार्तिक २४ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई भित्तैसम्म लखेट्ने हो भने आफुले पनि देखाईदिने चेतावनी दिनुभएको छ ।

भारत भ्रमणका क्रममा तिव्वती धार्मिक नेता दलाई लामालाई भेटेको हो ? भन्ने पत्रकारको प्रश्नमा पुर्वप्रधानमन्त्री समेत रहेका काग्रेस सभापति देउवाले स्वदेश फर्किनासाथ आक्रोशित हुँदै भन्नुभयो – मैले कहाँ भेटे ? कुन ठाउँमा भेटे ? कुन कोठामा भेटे ? ठुला कुरा गर्ने ! नेपाली मिडियाले नभएको कुरा लेख्न नहुँने भन्दै उहाँले चेतावनीका शैलीमा भन्नुभयो- भित्तैसम्म लखेट्ने हो भने मैले जानेको छु ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा देउवाले जंगिदै भन्नुभयो – हुदै नभएको कुरा, के भन्ने यो त अति हद भयो नि यार,  मैले कसको के विगारेको छु ?

उहाँले आफुले तिव्वती नेता दलाई लामालाई नदेखेको र भिडियो सम्वोधनबारे पनि केही थाहा नभएको दावी गर्नुभयो । मैले दलाई लामा भन्नेलाई भेटेको भन्ने कुरै हैन । म सिधै ड्यासमा गएको छु भाषण गरेर सिधै होटलमा गएको छु । भिडियो देखेको पनि छैन। – देउवाको आक्रोशपुर्ण भनाई थियो ।

देउवाले भारतीय नेताले समेत भेट्न अप्ठयारो मान्ने दलाई लामालाई आफुले भेट्ने कुरै नभएको भन्दै  एक चीन निति नेपालको राष्ट्रिय निति भएको र चीन छिमेकी भएको पनि स्पष्ट पार्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.