उपत्यकाका भुकम्प पिडितलाई दिन स्थानीय विकास मन्त्रालयलाई ३ अर्व ५७ करोड

बुटवल, कार्तिक २५ । उपत्यकाका भुकम्प पिडितलाई अनुदान वितरण गर्न स्थानीय विकास मन्त्रालयले ३ अर्व ५७ करोड रकम पाएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान रकम ५० हजार उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण का प्रवक्ता रामप्रसाद थपलिया का अनुसार उपत्यकामा अनुदान सम्झौता जारी छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार कार्तिक २३ गतेसम्म ३ हजार ७७ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

अनुदान सम्झौताका लागि काठमाडौंमा ४२ हजार ५ सय, ललितपुरमा २४ हजार १ सय २८ र भक्तपुरमा २४ हजार ९ सय घरधनीको नाम पहिचान भई स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा पठाइसकिएको पनि प्राधिकरणले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.