राष्ट्रिय हित विपरित हुनेगरी सविधान संशोधन गर्न नहुने

कार्तिक २५, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठकमा नेताहरुले राष्ट्रिय हित विपरित हुनेगरी सविधान संशोधन गर्न नहुने तर मधेश केन्द्रीत दलहरुलाई पनि मनाएर अघि बढ्नुपर्नेमा जोडदिएका छन ।

बिहीबारबाट सुरु भएको बैठकमा संविधान संशोधनबारे पार्टीको आधिकारिक धारणा र पार्टीको राष्ट्रिय सम्मेलनका विषयमा छलफल प्रारम्भ भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनमा पार्टीको धारणा र राष्ट्रिय सम्मेलनबारे नेताहरुले आफ्ना धारणा राख्नुभएको थियो ।
बैठकलाई निरन्तरता दिने गरी बिहीबारको बैठक सकिएको र बैठक निरन्तर सञ्चालन गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.