संविधान संशोधन प्रस्ताव तयार भैसकेको र कार्तिक भित्रै संसदमा दर्ता गर्ने प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौ । कार्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव तयार भैसकेको र कार्तिक भित्रै संसदमा दर्ता गर्ने घोषणा गर्नुभएको छ।
सरकार गठनको सय दिन पुगेको अवसरमा शुक्रवार सिहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संशोधन मस्याौदामा प्रतिपक्षी दल एमालेको सहमति जुटाउने पहल जारी रहेको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले सविधान संशोधन हुनेमा संका नगर्न पनि आग्रह गर्नुभयो ।
संविधान संशोधनपछि स्थानीय तहको निर्वाचन मिति तोकेर अघि बढ्ने पनि प्रधानमन्त्रीको भनाइ थियो ।
उहाँले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने पनि बताउनुभयो ।
सरकारले एक सय दिनमा छिमेकी भारतसँग सम्वन्ध सुधार भएको लगायतका थुप्रै काम गरेको दावी पनि प्रधानमन्त्री दाहालले गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.