सांसदले मागे बोडी गार्ड र गाडी, बढेको सुविधा पनि कम भयो रे

…g]kfnsf] ;+ljwfg @)&@Ú ;fFem kfFr ah] /fi6«klt 8f= /fdj/0f ofbjaf6 3f]if0ff x'g] b'nxLh:t} l;Fufl/Psf] ;+ljwfg;ef ejg . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौ ।कार्तिक २९ सांसदहरुले आफनो सेवा सुविधा कम भएको र सुरक्षा नभएको भन्दै प्रत्येक सांसदलाई एउटा सुरक्षाकर्मी र सवारी साधन मागेका छन ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धि विधेयक माथिको छलफलमा बोल्दै सासंदहरुले २०५२ सालपछि बल्ल सुविधा बढ्न लागेको भन्दै त्यो पनि कम भएको गुनासो गरे । उनीहरुले सांसदले खाए र लुटे भनेर मिडियाले टिप्पणी गर्ने गरेको आरोप लगाउँदै सांसदहरुले भोको गोरुले दाइ नहुने भन्दै संचार माध्यमप्रति आक्रोश पनि ब्यक्त गरे ।

हैसियत अनुसारको सुविधा आफुहरुले पाउनुपर्ने भन्दै उनीहरुले सांसदलाई सुविधा दिदा देश रित्तिन्न समेत भने ।

बैठकमा नेमकिपाका सांसद डिल्लिप्रसाद काफ्लेले कानून नेताको चाहाना अनुसार मात्रै प्रयोगमा आउने गरेको बताउनुभयो । उहाँले जनताले सिटामोल नपाएर मर्ने अनि उत्पादन बढाउन ध्यान नदिने र भ्रष्टाचार र कालावजारी नियन्त्रण नगर्ने तर आफ्नो सुविधा बढाउन तल्लिन हुने प्रवृति गलत भएको टिप्पणी गर्नुभयो ।

सासंद सुवोध पोखरेलले सांसदहरुलाई सुरक्षा ब्यवस्था मिलाउनुपर्ने र कम्तिमा एउटा सुरक्षाकर्मी चाहिने बताउनुभयो ।

राम अध्योध्या प्रसाद यादवले सांसदहरुलाई सरकारले चार कोठे फ्ल्याट दिए हुने भन्दै धेरै पैसा लिएको भनेर मिडियाले आलोचना गर्न नहुने गुनासो गर्न नहुने बताउनुभयो । एउटा सांसदलाई एउटा पिएओ चाहिने पनि उहाँको माग थियो ।

विक्रम थापाले २०५२ सालदेखि एउटै सुविधा रहेको भन्दै सुविधा बढाउन माग गर्नुभयो ।

काग्रेसका सांसद बुद्धिराम भण्डारीले चार बर्षदेखि अनुनयविनय गर्दा तिन बर्षपछि बल्ल बिधेयक आएको भन्दै सुविधा बढाएकोमा सरकारलाई धन्यवाद दिनुभयो । संसारको आखा आफुहरुमाथि भएको र सांसदले खाए लुटे भन्ने मिडियाको टिप्पणी हुने गरेको

एक पटक गाडीमा हिड्दा विदेशी हरु पनि रहेछन । कुराकानीकै क्रममा मैलै आइ एम अ पार्लियामेन्ट नेपाली भने । विदेशीहरुले त अचम्म मान्दै भने ह्वाइ यु आर लोकल गाडी पो भने ।

काग्रेसका प्रेमकिशोर प्रसाद शाहले भने, हाम्रो इज्यत अनुसार घर देउ र गाडी देउ । सुविधा अपुग भयो । सुविधा चाहियो चाहियो  चाहियो ।

संघीय थरुहट राष्ट्रिय मन्चकी सांसद रुक्मिणी चौधरीले २०५२ सालको सेवा सुविधा बढाउनुको सट्टा अझै कटौती गरेपनि हुन्छ । बरु निशुल्क सेवा गर्नुपर्छ । हाम्रा अस्मिता लुटिएका छन तर सुरक्षा छैन हाम्रो ।भनिन

काग्रेसकी सांसद कमला पन्तले राजनीतिकर्मीहरु खराव हुन भन्ने सस्कृति बिकास भएको भन्दै आफुहरु जनताका प्रतिनिधि भएपनि गरिव भएको दावी गर्नुभयो । एउटा शाखा अधिकृतले धुलो उडाउँदै हिड्छ तर सासंदले नाक थुनेर हिड्नुपर्छ । सभामुखले इज्यत बचाइदिनुपर्यो । मिडियाले अझ विशेष भुमिका निभाइदिनुपर्यो ।

लोकमणी ढकालले सांसदको सेवा सुविधा अत्यन्तै कम भएको र कर्मचारीलाई बढाए जसरी उल्लेख गर्नु उपयुक्त नभएको भन्दै हैसियत अनुसारको सुविधा दिनुपर्ने माग गर्नुभयो । भोको गोरुले दाइ हुँदैन( उहाँको भनाई थियो । नेतालाई पचास लाख दिनसक्ने हैसियत भएको देश हो यो भन्दै उहाँले सासंदलाई सुविधा दिदा देश रित्तिन्न भन्नुभयो । आफुहरुलाई सुरक्षा नभएकोले संसदमा बोल्दा मनमा आएको कुरा बोल्न पनि डर लाग्ने गरेको गुनासो गर्दै उहाँले सासंदहरुलाई सुरक्षाको ब्यवस्था गर्न माग गर्नुभयो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धि विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव संसदले पारित गरेको छ । अव उक्त विधेयक समितिमा छलफल हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.