प्रधानमन्त्री दाहाललाइ १५ दिनको अल्टिमेटम

काठमाडौ । कार्तिक २९। संघीय गठबन्धनका नेताहरुले प्रधानमन्त्री दाहाललाई तीन बुँदे सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन । सिहदरवारमा सोमवार भेटेर उनीहरुले प्रधानमन्त्री दाहालले पटक-पटक समयावधि तोक्ने र पछि सार्ने गरेकाले संशोधन प्रस्ताव दर्ता हुनेमा आशंका उब्जिएको बताएका थिए ।

तर प्रधानमन्त्री दाहालले कांग्रेससँग छलफल गरी संविधान संशोधन प्रस्ताव छिट्टै संसदमा दर्ता गराउने आश्वासन दिनुभएको थियो ।

दाहालले आफू उच्चस्तरीय राज्य पुनःसंरचना आयोगले दिएको ११ प्रदेशकै पक्षमा रहे पनि ११ प्रदेशको प्रस्तावलाई अघि बढाए आफूले प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आउने बताउनुभएको थियो । मोर्चाका नेताहरुले बहसकै लागि भए पनि आयोगले दिएको संघीय प्रदेशको खाका अघि सार्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.