प्रहरी संगठनलाई कमजोर बनाउँने षड्यन्त्र भएको दावी

काठमाडौं । मंसरी १ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनको नैतिक बल कमजोर बनाउँने षड्यन्त्र भएको भन्दै केही ब्यक्तिहरु आफ्नो नाम जोडेर संगठनलाई बदनाम गराउन लागिपरेको दावी गर्नुभएको छ  ।

११ औं महानगरीय प्रहरी स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरी संगठनलाई कमजोर बनाउँने खेलको पछाडि नलाग्न पनि प्रहरीहरुलाई निर्देशन दिनु भयो ।

केही दिनदेखि सरकारले महानिरिक्षक अर्याललाई हटाउन लागेको भन्दै प्रहरीकै केही बरिष्ठ अधिकारीहरु आफु महानिरिक्षक बन्ने हल्ला गर्दै हिडेको तर्फ उहाँको संकेत थियो ।

एक दशक अघि स्थापना गरिएको महानगरीय प्रहरीलाई अधिकार सम्पन्न र प्रविधि युक्त बनाउँनुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.