प्रधानमन्त्री दाहालद्धारा एमाले अध्यक्ष ओलीलाई मनाउने प्रयास जारी

काठमाडौं । मंसरी १ । आफैले तोकेको कार्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने समय सिमा सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले  एमालेलाई मनाउने प्रयास गरिरहनुभएको छ ।

यसैक्रममा बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद भवनमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संशोधनमा सहमति जनाउन आग्रह गर्नु भयो  ।

मधेशी दलहरुले १५ दिनको अल्टिमेटम दिएपछि थप चेपुवामा परेका प्रधानमन्त्री दाहालले एमालेलाई मनाउन नसके संविधान संशोधन प्रस्ताव पारित नहुने बुझेर बुधवार पनि आफुलाई सघाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुनयविनय गर्नुभएको थियो ।

बानेश्वर स्थित संसद भवनमा भएको दुइ नेताबीचको भेटमा सविधान संशोधन र समसामयिक बिषयमा कुरा भएको तर ओलीले ओचित्य पुष्टि हुनुपर्ने अडान राख्नुभएको श्रोतले जनाएको छ ।

तर भेटघाटबारेको प्रधानमन्त्री दाहालले पत्रकारको प्रश्नका कुनै जवाफ दिनुभएन । दाहालका छोरा प्रकाश दाहालले भने भेट सकारात्मक रहेको दावी गरे ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.