म्यानमारका गोर्खालीहरुको गाथा अव युट्युवमा

काठमाडौ। मंसिर ४- म्यानमारमा रहेका गोर्खालीहरुको गाथा समेटिएको वृत्तचित्र अव युट्युवमा हेर्न सकिने भएको छ ।

पत्रकार चेतन पन्तले निर्माण गरेको वृत्तचित्रको शनिवार म्यानमारका राजदुत उ लुइन ले युट्युवमा राखेर शुभारम्भ गर्नुभयो ।

त्यसअवरमा राजदूतले पत्रकार पन्तले संचालन गरेको लुम्विनि र बौद्ध क्षेत्र सम्वन्धि वेभसाइड डब्लुडब्लुडट बुद्दिष्ट साइटस डटकमको पनि शुभारम्भ गर्नुभयो ।

वृत्रचित्रमा नेपालीहरु कसरी र कहिले वर्मा पुगे र त्यहाँ उनीहरुको अवस्था कस्तो छ भन्नेबारेका बिषयलाई समेटिएको निर्माता पन्तले बताउनुभयो ।

नेपाल म्यानमार मैत्रीपरिषद द्धारा आयोजना गरिएको कार्यक्रममा परिषदका अध्यक्ष शंकर घिमिरे,स्वावलम्वी परिवारका अध्यक्ष कुलबहादुर घिमिरे लगायतले बोल्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.