सरकारले सविधान संशोधनको औचित्य पुष्टि गर्न नसकेको एमाले अध्यक्ष ओलीको दावी

काठमाडौ। मंसिर ४-  नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले सविधान संशोधनको औचित्य पुष्टि गर्न नसकेको बताउनुभएको छ ।

एमालेले शनिबार बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अंगीकृत नागरिकता भएकालाई संवैधानिक अङ्ग प्रमुख बनाउन नसकिने पनि बताउनुभयो ।

त्यसअघि शनिवार नै प्रेस चौतारी नेपाल रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेको भन्दै पाँच नम्वर प्रदेशको सिमा हेरफेर गर्न नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपयको रहेको भन्दै ओलीले पहाड र मधेसका जिल्ला जोडिएकै कारण यस्तो कुरा आएको दावी गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.