३६ प्रतिशत बालबालिका बालश्रममा रहेको तथ्यांक

बुटवल । मंसिर ५ । विश्व बालअधिकार दिवस आइतवार विविध कार्यक्रमका साथ मनाइएको छ ।

हरेक वर्ष नोभेम्बर २० का दिन मनाइने बालअधिकार दिवस यस बर्ष नेपालमा ‘सम्वर्द्धन बालबालिकाको, कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँएको हो ।

नेपालमा कुल जनसंख्याको ४४ प्रतिशत बालबालिका रहेको र तीमध्ये ४ प्रतिशत बालबालिका अझै विद्यालय जानबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ ।

यसैगरी ४ हजारभन्दा बढी बालबालिका सडकपेटीमा रहेका र ३६ प्रतिशत बालबालिका बालश्रममा रहेको तथ्यांक छ ।

पछिल्लो तथ्यांकले पाँच वर्षमुनिका बालबालिकाको बाल मृत्युदर एक हजारमा ३८ जना रहेको देखाएको छ ।

त्यसैगरी पौष्टिक खानेकुराको अभावका कारण बालबालिकामा उमेरअनुसारको उचाइ नहुने, तौल नपुग्ने, जस्ता समस्या रहेको र बालबालिका ओसारपसार, यौनशोषण जस्ता घटना बढिरहेको सरोकारवालाहरु बताउँछन ।

यसैबीच अन्तराष्ट्रिय बाल अधिकार दिवस २० नोभेम्बरका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले २०७३ मंसिर ५ गते काठमाण्डौँको अरुण ज्योती विद्या मन्दिर जोरपाटी र जोन एकेडेमी जोरपाटीमा गरी दुई वटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“बाल अधिकार सुलभ र गुणस्तरीय शिक्षाको अधिकार” शिर्षकमा आयोजित अन्तरक्रियामा समाजका महासचिव उत्तम पुडासैनी, काठमाण्डाँै शाखाका उपसभापति राम बराल, सदस्यहरु दिपक पुडासैनी र गोकर्णमणी पुडासैनीले बाल अधिकार विषयमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमम समाजद्धारा तयार गरिएको अवधारणापत्र पनि वितरण गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.