भारतमा भएको रेल दुर्घटनामा १ सय भन्दा बढीको मृत्यु

काठमाडौ । मंसिर ५ । भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा १ सय भन्दा बढीको मृत्यु भएको छ ।

पटनाबाट इंदौरका लागि छुटेको पटना-इंदौर एक्सप्रेस ट्रेन कानपूर नजिकैको पुखरायाँमा लिकबाट तल ओर्लिएपछि दुर्खटनाग्रस्त हुँदा २ सय भन्दा बढी घाइते भएका छन् ।

घटनास्थल कानपुरबाट करीब एक सय किलोमिटरको दुरीमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन । दुर्घटनाका कारण रेलका १४ वटा डब्बाहरु लिकबाट बाहिरिएका थिए ।

घटनामा परि घाइते भएका मध्ये ७५ जनाको अवस्था गम्भिर रहेको पनि  भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय रेल मन्त्री सुरेश प्रभुले उद्धार र राहत कार्य जारी रहेको बताउँदै घटनाको जांचबुझ गर्न आदेश दिएका छन ।

भारतमा दिनहु दुइ करोड भन्दा बढी मानिस रेलको यात्रा गर्ने गर्छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.