आफ्नै हात जगन्नाथ-सांसदले बढाए आफ्नै सुविधा

काठमाडौ । मंसिर ५ । ब्यवस्थापिका संसदले सांसदहरुको पारिश्रमिक र सुविधा थुप्रै बढ्ने गरी विधेयक पारित गरेको छ । आइतवारको संसद बैठकमा कानूनमन्त्री अजयशंकर नायकले पेश गरेको बिधेय संसदले बहुमतले पारित गरेको हो ।

सांसदहरुले आफ्नै हात जगन्नाथ कै शैलीमा मासिक ७९ हजार ३  सय २३ रुपैया पाउँने गरी आफ्नो सुविधा बढाएका हुन । यसअघि सांसदहरुको मासिक पारिश्रमिक ४६ हजार र घरभाडा ६ हजार पाँच सय थियो ।

संघीय संसदका पदाधिकारीको पारिश्रमिक तथा सुविधा सम्वन्धि विधेयक पारित भएपछि अन्य सुविधा बाहेक मासिक ७९ हजार २ सय २३ रुपैया पाउँने छन । पारिश्रमिक ५५ हजार २ सय २३ र घरभाडा बापत मात्रै मासिक १८ हजार तथा दैनिक १ हजार यातायात सुविधा पाउँने छन ।

त्यसबाहेक संसदको बैठक बस्दा दैनिक १ हजार बैठक भत्ता पाउनेछन भने फर्निचर बापत एकमुष्ट १५ हजार थप पाँउने छन ।

दुनियामा कहि नभएको जात्रा भने जस्तै संसदले मंसिरमा पारित गरेको विधेयक अनुसार आगामी दिनमा पो सुविधा लिनुपर्ने हो तर उनीहरुले बढेको सुविधा साउनदेखि एकमुष्ट लिनेछन ।

विश्वका अन्य देशमा संसदले बढाएको सेवा सुविधा त्यो कार्यकालका सांसदले लिदैनन र आउने कार्यकालका सांसदले मात्रै लिने प्रचलन छैन ।

तर नेपालका सांसदले पाँच महिना अघि देखिकै पैसा एकमुष्ट लिनेछन । त्यतिले मात्रै नपुगेको बताएका सांसदहरुले विधेयकमाथि संशोधन राख्दै बैठकमा आफुहरुले पाउँदै आएको सेवा सुविधा अपुगले थप चाहिने मात्रै भनेनन अझ कर्मचारी सरह पेन्सन र दशै पेस्की पनि मागे ।

सांसद सिमाकुमारी विकले सविधान जारी गर्ने सदस्यहरुलाई पेन्सन र चाडपर्व पेश्की पनि चाहिन्छ भनिन ।  समानुपातिकमा परेका  जनताले त्यसअघि कहिल्यै नचिनेका सांसद सुवोधकुमार पोखरेलले त अंगरक्षक मागे ।

अझ अचम्म लाग्ने गरी काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सुविधा सवैलाई कम भएको भन्दै लिन मनलागे नलिए हुन्छ तर भाषण चर्को गरेर नकारात्मक कुरा गर्न पर्दैन समेत भन्न भ्याए ।

तर राष्ट्रिय जनमोर्चाकी मिना पुन र नेमकिपाका सांसद प्रेम सुवालले जनताले सास्ती जनताले दुख पाइरहेका बेला आफ्नै सुविधा बढाउनु अनुचित भएको बताएका थिए ।

महाअभियोग प्रस्तावमाथि एक महिनामा चार चोटी मात्रै छलफल गरेका सांसदहरुले आफ्नो सुविधाको प्रस्ताव भने विलम्व नगरी पारित गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.