संविधान संशोधनबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई

काठमाडौं । मंसीर ६  । ने.क.पा. माओवादी केन्द्रले संविधान संशोधनका विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।

सोमबार लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको थियो ।

बैठकले पार्टीको संगठन लगायतका विषयमा आवश्यक निर्णय लिन मंसीर ११ गते पार्टीको पोलिट्ब्यूरो बैठकको आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.