आगोमा तेल हाल्न खोज्दै छ सरकार प्रदेश नम्बर ५ लाई दाया“ बाया“ गरे कडा प्रतिवादःपौडेल

बुटवल, मंसिर ६ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई दाया“ बाया“ गरे त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् । यहा“का ९९ प्रतिशत जनताको भावना विपरित सरकारले प्रदेश नम्बर ५ लाई संविधान संशोधनका नाममा विभाजन गर्न खोजेको भन्दै त्यस्तो कार्य कुनै हालतमा सफल नहुने बताए । रुपन्देही व्यापार संघको १५ औं वार्षिक साधारणसभाको अधिवेशनको उद्घाटन गर्दै पौडेलले यहा“का सम्पूर्ण राजनीति दल, जनताको भावना विपरितको कार्य भए २४ घण्टाभित्र फिर्ता लिन बाध्य हुने दावी गरे । अरुकै माग र स्वार्थको शिकार हुन यहा“का जनता तयार नभएको भन्दै पौडेलले त्यसभएमा आधा घण्टाभित्रै जनता सडकमा आउने बताए । नैतिकता नभएको सरकाले राजिनामा दिने समेत पौडेलले माग गरे ।
रुपन्देही क्षेत्र नम्बर चारका सांसद रहेका पौडेलले अन्य प्रदेशहरु पहाड र तराई जोडेर रहन सक्ने तर प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु किन हटाउनुपर्ने भन्दै प्रतिप्रश्न गरे । नेता पौडेलले सरकारले सरकारले दुनियामा कही नभएको काम गर्न लागेको आरोप लगाए । ‘पौडेलले संविधान संशोधन होइन, कार्यान्वयन गर्ने समयमा मिलेर बसेको जनतालाई जिस्काउन खोजेर आगोमा तेल हाल्न खोज्दै छ’ पौडेलले भने । उनले प्रदेश नम्बर पा“चको केन्द्र पनि बुटवल बन्ने स्पष्ट पारे । ‘मैले भन्नु पर्दैन ५ नम्बर प्रदेशको केन्द्र कहा“ हुन्छ भन्ने’ पौडेलले भने, ‘पूर्वाधार, विकास निर्माण, सेन्टर कहा“ पर्छ भन्ने सबैलाई थाहा छ । त्यस्तैले रुपन्देही नै प्रदेश नम्बर ५ को केन्द्र बन्नेमा दुविधा छैन ।’ उनले हालै सरकारले उच्च अदालतको दाङमा केन्द्र दाङ तोक पनि पछि बुटवल नै हुने दावी गरे ।
उनले तिनाउ पुलको तत्काल मर्मतको काम अगाडि बढाउन सरकारलाई निर्देशन दिए । ‘राष्ट्रिय राजमार्ग अन्तर्गतको महत्पूर्ण पुल विग्रिएको ६ महिना पुगिसक्दा समेत राज्यको आ“खा पुग्न सकेन’ पौडेलले भने, ‘कामै नलाग्ने भएको हो भने डाइभर्सन बनाएको अर्को बनाउन थाल्नुप¥यो मर्मत गरेर हुन्छ भने, तत्काल मर्मतको काम अगाडि बढाउनुप¥यो ।’ नेता पौडेलले रुपन्देहीलाई शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी र विकाश निर्माणको नमूना जिल्ला बनाउने बताए । रुपन्देहीमा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरु सम्पन्न भए यस क्षेत्र देशकै नमूना बन्ने बताए । ‘मैले योजना पारेर मात्र हु“दैन । यहा“का जनताहरु त्यो काम कति भइरहेको छ के भइरहेको छ भन्ने दायित्व जनताको हो, त्यसको अनुगमन तपाईहरुले गनुहोस ।’ पौडेलले भने । पौडेलले त्यसका लागि नागरिक अनुगमन समिति बनाउन निर्देशन समेत दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले मुलुकमा परनिर्भरता बढेको भन्दै यसले मुलुकलाई समृद्धिलाई रोक्ने बताए । ‘हाम्रो अर्थतन्त्र धरासाही हुन सक्छ’ पौडेलले भने, ‘हामी आत्मनिर्भर हुने बाटोमा हिडन सकेनौं ।’
नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले प्रदेश नम्बर ५ राज्यले आ“खा लगाए दुभाग्य हुने बताए । उनले मिलेर बसेका जनतालाई अब जिस्काउन आवश्यक नभएको बताए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरि कु“वर, विश्व हिन्दू महासंघ रुपन्देहीका अध्यक्ष गणेशमान सैजु, नेकपा माओवादीका अमर आरसी लगायतले बोलेका थिए । संघका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठको स्वागत तथा महासचिव डिल्लीराज भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.