जनता उत्रे सडकमा टुक्राउन पाइँदैन प्रदेश विभाजन नगर्न भन्दै रुपन्देहीमा प्रदर्शन

 

बुटवल, ७ मंसिर । प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई छुट्याउने गरी संविधान संसोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै रुपन्देहीको बुटवल र भैरहवामा बिरोध ¥यालि निकालिएको छ । मंगलवार साँझ बुटवलको ट्राफिकचोकबाट निस्किएको बिरोध ¥याली पुष्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा सहभागिले प्रदेश नम्बर पाँचको सीमा परिवर्तन गर्न पाईदैन भन्ने नारा लगाएका थिए । कोणसभालाई एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले सम्बोधन गर्दै प्रदेश पाचको सीमा परिवर्तन गरिए ठूलो आन्दोलन चर्किने चेतावनी दिए ।
त्यस्तै भैरहवाको लुम्बिनीरोडबाट निस्केको ¥याली बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान, विद्रोहीचोक, प्रहरीटोल हुँदै मिलनचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
प्रचण्ड सरकार होसियार, ५ नं प्रदेश टुक्राउन पाइँदैन, हिमाल पहाड तराई, कोही छैन पराई भन्ने नारा लगाउँदै राष्ट्रिय झण्डा सहित हिँडेको ¥यालीमा भैरहवा क्षेत्रका उद्योगी, व्यापारी, नागरिक समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी रहेका थिए ।
¥याली पश्चात आयोजित कोणसभालाई सांसद आदित्यनारायण कसौधन, राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष बद्रे आलम लगायतले सम्वोधन गरेका थिए ।
त्यस्तै रुपन्देहीका मणिगा्रम सालझण्डी लगाएतका स्थानमा प्रदर्शन गरिएको छ त्यस्तै कपिलवस्तुमा समेत प्रदर्शन भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.