बुटवल । मंसीर ८ । एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता हुन नेपाली महिला क्रिकेट टिम थाइल्याण्ड प्रस्थान गरेको छ ।
नेपालले आगामी शनिबार पाकिस्तान विरुद्ध पहिलो खेल खेल्ने छ । सोमबार श्रीलंकासंग र मंगलबार बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।
डिसेम्बर चार तारिखसम्म जारी रहने प्रतियोगिताको लिग चरणमा नेपालले अन्तिम प्रतिद्धन्द्धीका रुपमा भारतसँग खेल्ने छ ।
झण्डै दुई साताको बन्द प्रशिक्षण गरेर नेपाली टिम बुधवार प्रतियोगितामा भाग लिन थाइल्याण्ड प्रस्थान गरेको हो ।
रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमका १५ खेलाडी र तीन जना अफिसियललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले विदाई गरेका थिए
नेपालले टेष्ट मान्यता राष्टमध्ये बंगलादेश र श्रीलंकासंग यसअघि एक पटक खेलेको छ । भारतसंग भने नेपाल पहिलो पटक खेल्नेछ ।