बुटवल । मंसीर ८ । संविधान संशोधन मार्फत सरकारले पाँच नम्बर प्रदेश टुक्राउने तयारी गरेपछि नेकपा एमाले बिरोधमा उत्रिएको छ ।
पाँच नम्बर प्रदेशलाई टुक्रयाएर पहाडी जिल्ला विनाको प्रदेश बनाउने गरी सरकारले सविधान संशोधन प्रस्तावको तयारी गरेपछि रुपन्देही, पाल्पा,बाँके, बर्दिया, रोल्पा र गुल्मी जिल्लामा विरोध शुरु भएको छ ।
तराई र पहाडलाई छुट्याउने षडयन्त्र भएको आरोप लगाउँदै सडक आन्दोलनमा उत्रिएका पाँच नम्बर प्रदेशका एमाले नेता तथा कार्यकर्ताले उक्त प्रस्ताव सरकारले फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही लगायत तराईका जिल्लाबाट पहाडी जिल्ला अलग गर्न नहुने उनीहरुको माग छ ।
एमालेले विरोधका कार्यक्रम सहित सडकमै कार्यकर्ता उतारी रहेका बेला काग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्ताले पनि सरकारी तयारीको तिव्र विरोध गरेका छन ।