वाणगंगा स्र्पोट्स वेलफेयर विजयी

 

बुटवल, ७ मंसिर
पाचौ स्वर्गिय धक बहादुर, रञ्जन –सागर स्मृति कप नकआउट फुटबल प्रतियोगिता २०७३ अन्तरगत मंगलबारको खेलमा कपिलबस्तुको वाणगंगा स्र्पोट्स बेलफेयर विजयी भएको छ । एन्फा टेक्नीकल सेन्टर, देविनगरमा भएको खेलमा वाणगंगाले लिस्नु युवा क्लब, कोटिहवालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
सुनौलो संगम युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा वाणगंगाको जितमा खेलको १३ औ मिनेटमा प्रतिक गुरुङ्ग, ३३ मिनेटमा सचिन सेन, ३४ औ मिनेटमा राज मल्ल र ५४ औ मिनेटमा सरु बुढामगरले गोल गरेको थिए । लिस्नुका अनुज थापाले खेलको ७० औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा वाणगंगाका टिम क्याप्टेन सचिन सेन म्यान अफ दि म्याच घोषित भएका थिए । बुधबारको खेलमा गोर्खा ब्यायज युथ क्लब र माउण्ट स्टार युवा क्लबका बिच प्रतिस्प्रर्धा हुदैछ । प्रतियोगिताको उपाधि विजेता टिमले रनिङ्ग शिल्डका साथमा नगद १ लाख ११ हजार एक सय ११, प्रमाणपत्र,मेडल तथा उपविजेता टिमले नगद ५० हजार एक सय ११,प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष युवराज पराजुलीले बताए । यसैगरि प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गर्ने दुई टिमलाई समेत नगदबाट पुरस्कृत गरिने उनले बताए । जिल्लामा संचालनमा भएको यो नमुना प्रतियोगिता विदेशी खेलाडी रहित संचालन भएको छ । प्रतियोगितामा नवलपरासी र कपिलबस्तुको एक एक टिमसहित रुपन्देहीजिल्लाका १४ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्दैछन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.