स्तरीय अन्तर मावि (छात्र) भलिबल प्रतियोगिता हु“द

 

बुटवल, मंसिर ८ । मदन भण्डारी स्पोर्टस एकेडेमी क्षेत्रीय कमिटी क्षेत्र नम्बर–४ रुपन्देहीको आयोजनमा बिहीबारदेखि बुटवलमा जिल्ला स्तरीय अन्तर मावि (छात्र) भलिबल प्रतियोगिता हु“दैछ । बुटवल–९ स्थित सिद्धेश्वर खेल मैदानमा हुने प्रतियोगिताको एकेडेमीका केन्द्रीय अध्यक्ष तथा सांसद विनोद श्रेष्ठले बिहान १० बजे उद्घाट्न गर्ने कार्यक्रम रहेको खेल संयोजक महेश खनालले जानकारी दिए । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगितामा जिल्लाका १८ टिमले प्रतिष्पर्धा गर्नेछन् । न्यू लाइट उमावि, न्यू इन्भारमेन्ट, कालिका, न्यू होराइजन, दीप बोर्डिङ, ऐभरष्ट, जनज्योति, मणिमुकुन्द, एक्सिस, ग्लोरियस, अक्सफोर्ड, सिद्धेश्वरी कान्ति र नविबले टिम दर्ता गराइसकेका छन् । अन्य टिमले आज दर्ता गर्ने बताइएको छ । एकेडेमीका क्षेत्रीय अध्यक्ष मधु भट्टराईले ९, १० र ११ गते हुने खेल नक आउट प्रणालीमा खेलाइने बताए । खेल वेष्ट अफ थ्रिका आधारमा खेलाइने भट्टराईले जानकारी दिए । प्रतियोगितमा प्रथम हुनेले नगद २५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय १५ हजार ५ सय ५५ र तृतीयले ७ हजार ५ सय ५५ नगद प्राप्त गर्ने एकेडेमीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले जानकारी दिए ।
प्रतियोगिताको खर्च ३ लाख लाग्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य देवी वाग्ले, एकेडेमीका जिल्ला अध्यक्ष नन्दु काउचा, एकेडेमीका अञ्चल अध्यक्ष मेघराज भट्टराई, लगायतको उपस्थिति थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.