काठमाडौं । मंसीर ९, सांसदहरुको सेवा सुविधा बढ्दा ठुला दललाई बढी फाइदा भएको र साना दलले कम फाइदा पाएको भन्दै व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले आफुहरुलाई पनि ठुला दललाई सरह सुविधा दिन माग गरेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहिवार ज्ञापनपत्र बुझाउन वालुवाटार पुगेका साना दलका नेताहरुले साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरुको पारिश्रमिक सम्बन्धि विद्येयकमा व्यवस्था गर्न माग गरेका थिए।
उनीहरुले बुझाएको ज्ञापन पत्रमा थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न पनि माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्य दलहरुसँग पनि छलफल गर्ने बताउनुभयो ।