काठमाडौं । मंसीर ९, दश हजार नेपालीले रोजगारी पाउँने गरी पतञ्जली आयुर्वेद प्रालिले नेपालमा आयुर्वेद उद्योग स्थापनाको शुरुवात गरेको छ ।
बारा जिल्लाको प्रसौनीमा २ अर्ब रुपैयाँको लगानीमा स्थापना गर्न लागिएको उद्योगमा ६० प्रकारका खाद्यवस्तु, आयुर्वेदिक औषधि र श्रृगारिक सामान उत्पादन गरिने पतञ्जली आयुर्वेद प्रालिले जनाएको छ ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा ब्यवसायी उपेन्द्र महतोको सहकार्यमा स्थापना हुन लागेको उद्योगको नाफा नेपालको शिक्षा, स्वास्थ्य र योग विकासमा उपयोग गरिने योग गुरु रामदेवले बताउनुभयो ।