बुटवल, ९ मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संसोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताउनुभएको छ । सहमित बिना संशोधन अघि बढाए समस्या समाधान नहुने उहाँको भनाइ थियो ।
प्रत्यक्ष कार्यकारी प्रमुख नहुदासम्म देशको समस्या जहाँको तही रहने भन्दै नेता भट्टराईले शासकीय प्रणालीमा सुधारका माग सहित पुस महिनादेखि आन्दोलन थाल्ने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।
दिवंगत सांसद भक्ति पाण्डेको निवासमा श्रद्धाञ्जली दिनका लागि बिहिबार रुपन्देही आएका पूर्व प्रधानमन्त्री भट्टराईले कुनै प्रदेशको सीमा परिवर्तन गर्ने नगर्ने भन्ने कुरा मुख्य नभएको भन्दै सवै खस आर्य, आदिवासी, जनजाति, मधेशी समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
प्रदेश नम्बर ५ टुक्र्याउने या नटुक्र्याउने भन्ने कुरा मुख्य सवाल नहुने भन्दै उहाँले थारुहरुको अधिकारका लागि नवलपरासीदेखि कैलालीसम्म नटुक्रिने गरी प्रदेश निर्माण हुनुपर्ने बताउनुभयो ।