एमाले अध्यक्ष ओलीद्धारा आन्दोलनको आँधिबेहरी सृजना लागि तयार भएर बस्न कार्यकर्तालाई निर्देशन

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको तमासा छाडेर चुनावको तयारीमा जुटन सरकारलाई सुझाव दिनुभएको छ ।

एमाले भातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधन सम्बन्धि बहसमा कार्यक्रममा एमाले अध्यक्ष ओलीले भन्नुभयो– चुनाव कसरी गराउने भनेर तयारी गर्नुको साटो संविधान संशोधनको अनावश्यक बखेडा झिकेर सरकार तमासा देखाइरहेको छ।’

अध्यक्ष ओलीले कुनै पनि समय राष्ट्रिय हितमा तलमाथि हुन नदिन आन्दोलनको आँधीबेहरी सिर्जना गरेर राष्ट्रलाई जोगाउनुपर्ने हुनुसक्छ, भन्दै त्यसका लागि तयार भएर बस्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

अध्यक्ष ओलीले सविधान कार्यान्वयनमा जुटन र संशोधनको बिषय छाड्न पनि दलहरुलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा सत्तारुढ दल माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले समेत सहमतिमा विना संशोधन प्रस्ताव ल्‍याए पारित नहुने भन्दै बरु आआफ्ना कुरा लिएर चुनावमा जानुपर्नेमा जोडदिनुभयो ।

काग्रेस नेता प्रकाशमान सिंहले पनि सहमति गरेर दलहरु अघि बढ्नुपर्ने बताउनुभएको थियो । तर तमलोपाका नेता हृदयेश त्रिपाठीले भने असन्तुष्ट पक्षका मागलाई वेवास्ता नगर्न चेतावनी दिनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.