संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारुढ दल काग्रेस र माओवादीको निर्णय

काठमाडौ,मंसिर १० – सत्तारुढ दल काग्रेस र माओवादीले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गर्दै संशोधनको मस्यौदाबारे पार्टी भित्र छलफल गर्दै छन ।

शुक्रवार बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताको बैठकले संशोधन अघि बढाउने निर्णय गर्दै मस्यौदालाई पार्टीमा छफलफल गरेर स्विकृत गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।

बैठकमा उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश र मन्त्री रमेश लेखक पनि सहभागी थिए।

उक्त मस्यौदाबारे पार्टीमा छलफल गरेर क्याविनेटमा समेत छलफल गरि अनुमोदन गर्ने सरकारको तयारी छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.