अन्तरमिडियाकप भलिबल प्रतियोगिता

बुटवल, १२ मंसिर । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३ अन्तरगत पहिलो दिनको खेलमा आयोजक बुटवलटुडे, बुद्ध टिभी, तिनाउ एफएफ, सबल नेपाल साप्ताहिक र गर्जन पोष्ट साप्ताहिक विजयी भएका छन ।

शनिबार भएको उद्घाटन खेलमा बुद्ध टिभीले बुटवल एफएफमा माथि २८–२६, २५–२२ को सोझो सेट, तिनाउले मलमला एफएमलाई २५–११, २५–१७, सबल नेपाल साप्ताहिकले खस्यौली एफएमलाई २५–१९,२८–२७,२५–१० को सेट गर्जन पोष्टले लुम्बिनी प्रेस क्लबलाई २५–२२, २५–१४को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि शनिबार नै भएको क्वाटरफाईनल खेलमा आयोजक बुटवलटुडेले दैनिकपत्र दैनिकलाई २५–२२, २५–१० को सोझो सेटमा जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको छ ।

कार्यक्रमको एक समारोहका बिच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले उद्घाटन गर्दै खेल रुपन्देही जिल्ला भलिबल खेलका लागी उर्वरभुमि भएको बताए ।कार्यक्रममा पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष शेर बहादुर केसी, प्रबन्ध सम्पादक नवराज कुँवरलगायतले प्रचारप्रसारका लागि अग्रसर रहेका संचारकर्मीहरुलाई समेत खेलप्रति चासो जगाउन प्रतियोगिताले सहयोग पुग्ने बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.