बुटवल, १२ मंसिर । लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीको भेलाले यस क्षेत्रको सम्भावित पर्यटकीय सम्भावनाको सही सदुपयोग र दिनानुदिन परिवर्तित चुनौतीलाई उचित व्यवस्थापन गर्ने उद्देश्यले समृद्ध साट्टा सोसाइटी गठन गरेको छ ।
शुक्रबार बुटवल सम्पन्न ट्राभल व्यवसायीको भेलाले सिद्धार्थ एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साट्टा) का संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्माको संयोजकत्वमा समृद्ध साट्टा सोसाइटी गठन गरेको हो ।
जसको सदस्यमा चन्द्र थापा, सागर अधिकारी, श्रीचन्द गुप्ता, सुन्दर थापा, मुकेश श्रेष्ठ र अजय श्रेष्ठ रहेका छन् । संस्था मार्फत विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै सबै व्यवसायलाई एकताबद्ध गराउँदै पर्यटन क्षेत्रका नवीन सम्भावनालाई पहिल्याउँदै पर्यटन विकास गर्ने उद्देश्यले स्थापित सोसाइटीले ट्राभल व्यवसायी मात्र नभएर सम्पूर्ण पर्यटन व्यवसायीको हितामा काम गर्ने लक्ष्य लिएको सोसाइटीका सदस्य चन्द्र थापाले जानकारी दिए ।
यसैबीच साट्टाले शंकरनगरमा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्र र सोसँग सम्बन्धित सरोकारित व्यक्तित्वहरुको सहभागितामा आयोजित उक्त कार्यक्रमले पर्यटन क्षेत्रको एकीकृत विकासको लागि आपसी भाइचारा अभिवृद्धिमा टेवा दिएको आयोजकले जनाएका छन् ।