साझाका नयाँ बसहरुको सेवा शुरु, कुनैबेला ल्हासा र दिल्लीसम्म चल्थे

काठमाडौं, मंसिर  १२ । साझा यातायातले आइतवारदेखि राजधानीमा थप ३० वटा बस संचालनमा ल्याएको छ ।

सर्वसाधारणलाई भरपर्दो यातायात सेवा दिने उद्देश्यले २ हजार १९ सालमा सुरु गरेको साझा यातायातले नयाँ रुपमा सेवा थालेपछि थप ३० वटा बस सञ्चालनमा ल्याएको हो । साझाले अव बस सख्या ४६ पुराएको छ ।

ति मध्ये उपत्यकामा ३९ र ७ वटा बसहरु गोरखा, बागलुङ, वीरगन्ज र लुम्बिनी लगायतका रुटमा संचालनमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार नयाँ बस संचालनको शुभारम्भ गर्नुभयो ।  प्रधानमन्त्री दाहाल साझा बसमै चढेर सिंहदरबार जानुभएको थियो ।

अव उपत्यकाका विभिन्न सात रुटमा दुईतर्फी साझा यातायातका ३८ वटा बस चल्नेछन् । बसमा सिसि क्यामेरा, एलईडी टिभी र मोबाइल चार्जरको समेत सुविधा छ । त्यस्तै ह्विलचेयर सहजै भित्र छिराउन मिल्ने बसहरु अपांगमैत्री छन् ।

एक महिनाभित्रै प्रयोग गर्न सकिने गरी स्मार्ट कार्ड सञ्चालनमा ल्याउने पनि साझाले बताएको छ ।

कुनै बेला साझासँग १ सय ८३ वटा बसहरु सञ्चालनमा थिए र ति बसहरु काठमाडौदेखि ल्हासा, दिल्लीसम्म चल्थे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.