राष्ट्रपतिको राजीनामा माग गर्दै कोरियामा विशाल प्रदर्शन

काठमाडौं, मंसिर  १२ । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुएन हे को राजीनामा माग गर्दै कोरियामा विशाल विरोध प्रदर्शन भएको छ ।

राजधानी सोलमा मात्रै करिब १५ लाख मानिस विरोध प्रदर्शनमा सहभागी भएको बताइएको छ । त्यसैगरी देशका अन्य क्षेत्रमा पनि लाखौ मानिस विरोध प्रदर्शनमा ओर्लिएको आयोजकले बताएका छन ।

सन् १९८० मा लोकतन्त्रको पक्षमा भएको प्रदर्शनपछि सोलमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ ।

आफ्ना साथी चोइ सुन सिललाई पर्दापछाडि रहेर सत्तामा हस्तक्षेप र भ्रष्टाचार गर्न अवसर दिएको आरोप लागेपछि राष्ट्रपति पार्कविरुद्ध पाँच सातादेखि विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपति पार्कले क्षमायाचना गरे पनि राजीनामा गर्न भने अस्वीकार गर्दै आएकी छन  ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.