डाक्टर केसी पक्ष र सरकारी टोलीबीचको वार्ता विना निष्कर्षविहिन

P3f/f}F lbgsf] cgzgdf 8f s];L lqlj lzIf0f c:ktfn dxf/fhuGhdf lrlsT;f lzIff ;'wf/sf] dfu ub}{ cfd/0f cgzgdf a;]sf 8f= uf]ljGb s];Lsf] a'waf/ P3f/f}F lbgdf :jfYo cj:yf uDeL/ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, मंसिर  १२ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता विना निष्कर्ष टुगिएको छ ।

अनसनको १५औं दिन आज शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र केसी पक्षबीच आइतवार शिक्षा मन्त्रालयमा पहिलो चरणको वार्ता सुरु भएको थियो । तर कुनै सहमति भने हुन सकेन । वार्ता सोमवार पनि हुने बताइएको छ ।

डाक्टर केसी अनसन बसेको दुई सातापछि सरकारले हिजो वार्ता टोली गठन गरेको थियो । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने, डिन नियुक्तिमा चलखेल गर्ने उपकुलपति खनियाको बर्खास्ती लगायतका १० सूत्रीय माग राख्दै डाक्टर केसी अनसन बस्नुभएको हो ।

यसैबीच, रेजिडेन्ट डक्टर्स एसोसिएसन, एमबीबीएस अध्ययनरत विद्यार्थी र सोलिडारिटी फर डाक्टर केसी अलायन्सले आइतवार कीर्तिपुरस्थित त्रिवि उपकुलपति तीर्थ खनियाको कार्यालय घेराउ गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.