सत्तापक्षभित्रै कुरा नमिल्दा सविधान संशोधन प्रस्ताव अझै दर्ता हुन सकेन, प्रमुख निर्वाचन आयुक्त भन्छन– अव चुनाव कठिन

काठमाडौं, मंसिर  १२ । सत्तापक्षभित्रै कुरा नमिल्दा सवै तयारी भएपनि सविधान संशोधन प्रस्ताव आइतवार पनि दर्ता हुन सकेन ।

मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरेर दर्ता गर्ने सरकारको तयारी भएपछि स्वय काग्रेस र माओवादीका नेताहरु अहिलेको संशोधन प्रस्तावको विपक्षमा उभिएपछि सरकार झन अप्ठ्यारोमा परेको छ ।

सत्तापक्षभित्रै विरोध चर्किएपछि आइतवार मन्त्रिपरिषद बैठक बसेर पनि संशोधनको मस्यौदा अनुमोदन गर्न सकेन ।

सोमवार पुन मन्त्रिपरिषद बसेर अन्तिम टुगो लगाउने उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयो । प्रस्ताव दर्ता नुहुने र कुरा नमिल्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल वावा रामदेवको योगशिविर तिरै ब्यस्त रहे आइतवार ।

एमालेले यसअघि नै संशोधन प्रस्ताव अघि बढाए विरोध गर्ने चेतावनी दिदै पारित हुन नदिने बताएको छ ।

खासगरी पाँच नंवर प्रदेश टुक्राउने बिषयमा काग्रेस र माओवादी भित्र पनि तिव्र असन्तुष्ठि छ ।

मधेश केन्द्रित दलहरु समेत सरकारले अघि सारेको प्रस्तावमा सन्तुष्ठ देखिएका छैनन ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दलहरुसँग छलफल नै नगरी  संविधान संशोधन प्रक्रिया अघि बढाउन लागेको भन्दै असन्तुष्टि जनाएको छ ।पार्टी एकीकरणभएपछि पहिलोपटक बसेको राप्रपा संसदीय दलको बैठकले त्यस्तो असन्तुष्टि जनाएको हो । प्रस्तावको मस्यौदा हेरेरमात्र समर्थन वा विरोध गर्ने बताएका राप्रपाकानेताहरुले संविधान संशोधनबारे ठूला दलले आफ्नो पार्टीसँग परामर्श नगरेको उनीहरुको भनाइ छ ।

दलहरुबीच सविधान संशोधनको बिषयमा ध्रुविकरण हुँदा परिस्थिति भने चुनाव नहुने अवस्थामा गैरहेको छ । आइतवार नै निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले सिराहा पुगेर अव समयमा कानून नबनेका कारण चैतमा स्थानीय तहको चुनाव सम्भव नभएको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.