नेपाल–भारत सम्बन्ध सम्मानपुर्ण हुनुपर्नेमा जेसीज युवाको जोड

अर्जुन ज्ञवाली

गोरखपुर भारत। १३ मसिंर । बुटवल जेसीज(नेपाल) र जेसीआइ गोरखपुर(भारत)को एकसंयुत्त कार्यक्रममा नेपाल–भारत सम्बन्ध प्रगाड बनाउनुपर्नेमा जोड दिइएको छ ।  बुटवल जेसीज र जेसीआइ गोरखपुरको सिस्टर सिटी नबिकरण कार्यक्रममा दुवै देशका जेसीज युवाले नेपाल भारतमा सम्बन्ध भाइभाइको भएकोले जेसीजको माध्यमबाट दुइदेशीय सम्बन्धलाइ थप मझभुत पार्नको लागि आफुहरुले संकल्प गरेर अगाडी बड्ने बताए ।

बुटवल जेसीजका अध्यक्ष राजु पौडेलले राजनैतिक बृतमा दुइदेशिय सम्बन्धमा केही चिसोपना मशसुस गरीएपनि जेसीजको माध्यमबाट आफुहरुले दुई देशीय सम्बन्धलाई पुर्नस्थापित गर्नकोलागि सक्दो पहल गर्ने औल्याएका थिए । पौडेल भने “जेसीजको भावनाले हाम्रो मन जितेको छ, नेपाल भारत सम्बन्ध दुवै देशको लागि सम्मानीत र समान हुनुपर्छ ।”

त्यसैगरी जेसीआइ गोरखपुर मिडटाउनका अध्यक्ष गौरव जिंदालले  सिस्टर सिटी कार्यक्रमले दुई जेसीज सस्थाको सम्बन्ध मात्र होइन, दुइ देशका युवाहरु बिचको सम्बन्धलाइ समेत थप पुर्नताजकी एवम् बिस्तार गर्नलाई टेवा पुर्याउने विश्वाश ब्यक्त गरेकाथिए ।

बुटवल जेसीजका पुर्व अध्यक्ष दिनेश श्रेष्ठले जेसीजको माध्यमबाट दुइ देशका युवाहरु भेटघाट भइ दुखसुख साट्ने अवसर मिलेकोले यो सम्बन्धलाइ अझै गतिशिल र फराकिलो बनाउनुपर्नेमा जोड दिएकाथिए ।

जेसीआइ गोरखपुर मिडटाउनका पुर्व अध्यक्ष राजश्री वसंले नेपाल भारतको सम्बन्ध मौलीकसंस्कुतीले जोडेको उल्ेलख गदै  भने “दुई देशका जनता बिचको सम्बन्ध जेसीज आस्था जस्तै मानवताको बन्दुत्व भावना राष्ट्रहरुको प्रभुसत्तादेखि सर्वोपरी छ । ”

कार्यक्रममा बुटवल जेसीज(नेपाल) र जेसीआइ गोरखपुर(भारत)का अध्यक्षले सिस्सटर सिटी  नविकरण पेपरमा सयुक्त हस्ताक्षर गरेकाथिए । बिभिन्न सास्कृतिक नाचगानसहित सम्पन्न कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष सहीत बुटवलबाट गएका टालीलाइ स्वागत तथा सम्मान ब्यक्त गरीएको थिया । । बुटवल जेसीजका पुर्व अध्यक्ष मथुरा पिया, अमित तिग्रीवाल लगायतले दूइ देशको सम्बन्ध आगामी दिनमा सम्मानजनक ओजिलो बनाउन जेसीज युवाहरु लाग्नुर्पोमा जोड दिएका थिए । कार्यक्रममा बुटवल र गोरखपुर जेसीजले एकअर्कालाइ मायाको चिनो आदानप्रदान गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.