कामदार वर्गको सत्ता स्थापना हुने आशा

बुटवल । मंसिर १३ ।नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले महान अक्टोबर क्रान्तिको सफलताले संसारभरका मजदुर किसानहरुलाई कामदार वर्गको शासनसत्ता स्थापना हुने आशा जगाएको बताउनु भयो ।

जनआस्था सा“स्कृतिक समूह, रुपन्देहीको आयोजनामा  तिलोत्तमास्थित शान्ति नमूना उमाविमा सम्पन्न ४७ औं मासिक साहित्य गोष्ठी तथा महान अक्टोबर क्रान्ति शतबार्षिकी शुभारम्भ कार्यक्रममा अध्यक्ष वासीले नेपाली कामदार जनताको हितको लागि रुसी अक्टोबर क्रान्तिबारे व्यापक प्रचार गर्नुपर्ने जोड दिनुभयो ।

रुसी जार सरकारको युद्ध र अत्याचारबाट आजित मजदुर र किसानहरुलाई महान नेता लेनिनले रोटी, भूमि र शान्तिको नारा दिएर अक्टोबर क्रान्तिलाई सफल पारेको चर्चा गर्दै अध्यक्ष वासीले रुसी क्रान्तिबाट अनुशासित र संगठित शक्तिले मात्र क्रान्ति गर्न सक्ने शिक्षा लिनुपर्ने प्रष्ट पार्नुभयो । समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य निशुल्क र रोजगारीको सुनिश्चितता हुने अक्टोबर क्रान्तिको उपलब्धीले देखाएको चर्चा गर्दै अध्यक्ष वासीले क्रान्तिपछि पिछडिएको रुसमा समृद्धि र भव्यता देखेका भारतीय कवि रविन्द्रनाथ ठाकुरले सन् १९३० मा रुस भ्रमण नगरेको भए समाजवादी व्यवस्थाका प्रगति विश्वास गर्न नसक्ने अनुभव ‘रुसको चिठी’मा उल्लेख गरेको बताउनु भयो ।

नेपालमा राजतन्त्र गए पनि पू“जीवादी शासकहरुले व्यापक जनताको पक्षमा कुनै काम नगरेको बताउ“दै अध्यक्ष वासीले का“ग्रेस, माओवादी र एमाले जस्ता शासकहरु सबै जनताका शत्रु हुन् भन्नुभयो ।

कार्यक्रमको सुरुमा क्युवाली नेता फिडेल क्यास्ट्रोको निधनप्रति दुख व्यक्त गदै १ मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष रामचन्द्र श्रेष्ठले गहिरो र निरन्तर अध्ययनको लागि फिडेल क्याष्ट्रोबाट सिक्नुपर्ने जोड दिनुभयो ।

विमला आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न कवि तथा कलाकारहरुले आ–आफ्नो कविता तथा गीत प्रस्तुत गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.