संशोधन प्रस्ताव राष्ट्र विखण्डन गराउने खेल–एमाले

काठमाडौ । मंसिर १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्र विखण्डन गराउने खेल अन्तर्गत आएको भन्दै सदन र सडकबाट विरोध गर्ने निर्णय गरेको छ ।

संसद भवन बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको बैठकले संसदमा दर्ता गराएको संशोधन प्रस्तावका विरुद्ध भोलिदेखि संसद अवरोध गर्ने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो ।

आन्दोलनमा उत्रेको एमालेले बिहिवारको संसद पनि अवरुद्ध गर्ने भनेको  छ । एमालेले सांसदहरुलाई काठमाडौँ नछाड्न समेत सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

संविधान संशोधन प्रस्ताव फिर्ता नगरेसम्म सदन र सडकको अवरोध भोलिदेखि जारी राख्ने पनि एमालेले जनाएको छ ।

तर बिहिवार अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमा संसदमा छलफल सकिदै छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.