रुपन्देही गुल्मी, पाल्पा, अर्घाखा“ची, राप्तीका प्यूठान, रोल्पा र रुकुम जिल्लाका विभिन्न स्थानमा एकैसाथ विरोध प्रदर्शन संविधान संशोधनको सबैतिर विरोध सबै दलका नेता कार्यकर्ता सडकमा

 

संविधान संशोधनको सबैतिर विरोध
सबै दलका नेता कार्यकर्ता सडकमा
बुटवल, मंसिर १५ । अन्त कतैको विवाद मिलाउने नाममा विवाद नै नरहेको र मिलेर बसेको पा“च नम्बर प्रदेशलाई विभाजन गर्ने गरी सरकारले प्रस्तुत गरेको संविधान संशोधनको सबैतिर विरोध भएको छ । मंगलबार राति संसद सचिवालयमा प्रस्ताव दर्ता भएलगत्तैदेखि प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा कतिपय ठाउ“मा सामान्य तोडफोड पनि भएका थिए । स्थानीयहरु स्वतःस्फूर्त रुपमा सडकमा निस्किएर प्रदेश टुक्राउने गरी भएको संशोधन प्रस्तावको विरोध गरेका थिए । विरोध प्रदर्शनमा एमालेसहित अरु सत्तारुढ दलका नेता कार्यकर्ताहरु पनि सडकमा प्रदर्शनमा सहभागी थिए । संयुक्त आन्दोलन संघर्ष समितिले भने बुधबार दिउसो एक घण्टा चक्काजाम गरेको थियो । प्रदेश विभाजन विरुद्धका जनताका तर्फबाट गठन गरिएको भनिएको उक्त संघर्ष समितिले आफुहरुको आन्दोलन शान्तिपूर्ण र पूर्ण संयमित रहेको भन्दै तोडफोड र हिंसात्मक आन्दोलन नगर्न सबैलाई आग्रह गरेको छ ।
समितिका तर्फबाट युवा नेता खिमलाल भट्टराईले आफुहरुको आन्दोलन शान्तिपूर्ण रहेको र कुनै पनि बन्द–हड्ताल र चक्काजामका कार्यक्रमहरु नरहेको बताए । उनले जनताहरु आफै सडकमा निस्किएको र आफुहरुले साथ दिएको बताए ।
सोही संयुक्त संघर्ष समितिले दिउसो पुष्पलाल पार्कमा एक घण्टा चक्काजाम गरेको थियो । त्यसलगत्तै अर्को अखण्ड प्रदेश नामको दबाब समितिले बन्द गरेको थियो । साही बन्दका क्रममा कतिपय ठाउ“मा पसलहरुमा र मोटरसाइकलमा तोडफोड भएको प्रहरीले बताएको छ ।
प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा बुधबार बिहानैदेखि बन्द–हड्ताल र चक्काजामसहितको आन्दोलन भएको थियो । एक्कासी भएका आन्दोलनले सवारी साधनहरु ठाउ“को ठाउ“ रोकिंदा यात्रुहरु मर्कामा परेका थिए ।
बुधबार बेलुकादेखि भने बन्द खुलेको थियो । बन्द आह्वान गर्ने समूह फरक फरक भएका कारण बुधबार स्थानीयहरु अलमलमा परेका थिए । उनीहरुले आन्दोलनलाई शान्तिपूर्ण बनाउन माग गरेका छन् । बुधबार बिहान अनेरास्ववियुको अगुवाइमा बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, रामापुर सहिद नारायणप्रसाद पोखरेल क्याम्पस, सिद्धार्थ क्याम्पसलगायतबाट एकैसाथ जुलुस निकालेर एक घण्टा चक्काजाम गरेका थिए । उक्त चक्काजाम सकिएपछि अखण्ड प्रदेश नाममा माइकिड्ड भएको थियो । अखिल छैठौंले पनि बुधबारै बुटवलमा प्रदर्शन गरेको थियो ।
पा“च नम्बर प्रदेशबाट पहाडी जिल्लाहरू अलग गराउने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको भन्दै लुम्बिनी अञ्चलका सबैजसो जिल्लाहरूमा बुधबार एक साथ विरोध सुरू भएको थियो । विद्यार्थीहरूले गरेको प्रदर्शन पछि सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता समेत सहभागी संयुक्त रुपमा आन्दोलन भएको थियो ।
यस्तै नेविसंघ पूर्व जिल्ला अध्यक्ष विष्णु पोखरेलको संयोजकत्वमा अखण्ड पा“च नम्बर प्रदेश दबाब समूह गठन भएको थियो । सोही समूहको नेतृत्वमा कांग्रेस बिरोधमा निस्किएको छ । उक्त समितिले माइकिङ गर्दै बन्दको आह्वान गरेको थियो । तर, बन्द कतिबजेदेखि कति बजेसम्म भनेर खुलाइएको छैन ।
विद्यार्थीहरूको प्रदर्शनमा स्वस्फूर्त सर्वसाधारणको सहभागिता देखिएका थियो । प्रदर्शनकारीले टायर बालेर सडकमा विरोध गरेका थिए । पा“च नम्बर प्रदेशलाई टुक्राउने सरकारको निर्णय फिर्ता नलि“दासम्म आन्दोलन जारी रहने अनेरास्ववियु रुपन्देहीका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले बताए । उनले आफुहरुको आन्दोलन शान्तिपूर्ण, संयमित र मर्यादित हुने बताए । तोडफोड र हिंसात्मक खालको प्रदर्शनमा अनेरास्ववियु कहिल्यै सहभागी नहुने उनले बताएका छन् ।
यता जिल्लाका राजनीतिक दलहरू भने सर्वदलीय बैठकमा जुटेका छन् । नेकपा एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले सबै राजनीतिक दलहरूले छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने बताए । उनले जनताहरु स्वतःस्फूर्त सडकमा निस्किएको बताउ“दै सबै प्रकारका शान्तिपूर्ण आन्दोलनमा आफुहरुको समर्थन रहने बताए ।
रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे र महासचिव डिल्लीराज भण्डारीले बुधबार विज्ञप्ति जारी गरी सद्भाव र सहिष्णुता विगार्ने गरी प्रदेश विभाजनसहितको संशोधन प्रस्ताव दर्ता भएको भन्दै आफुहरु संशोधनको विरोधमा रहेको बताएका छन् ।
लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरू रुपन्देही गुल्मी, पाल्पा, अर्घाखा“ची, राप्तीका प्यूठान, रोल्पा र रुकुम जिल्लाका विभिन्न स्थानमा एकैसाथ विरोध प्रदर्शन भएका छन् । गुल्मीका रिडी, बलेटक्सार, तमघास, मजुवालगायतका स्थानमा विरोध प्रदर्शन भएको थियो । पहाडी जिल्लाका विभिन्न स्थानमा बिहानैदेखि सबै दलका नेता कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए । अर्घाखा“चीमा उद्यँेगी व्यवसायीहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.