एमालेद्धारा संसद अवरुद्ध, संशोधन प्रस्ताव फिर्ता नलिएसम्म चल्न नदिने

काठमाडौ । मंसिर १६ । नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । तराइलाई पहाडबाट छुट्टाउने समुहलाइ सरकारले सघाएको र अन्तत त्यसले छुट्टै राज्य खडा गर्न खोज्नेहरुलाई बल पुग्ने भन्दै सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी पनि दिएको छ ।

बिहिवार बसेको संसद बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले बैठक सुरुहुने वित्तिकै बोल्दै सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव राष्टिय हित बिपरित भएको बताउनुभएको थियो ।

उहाँले पाँच नम्वर प्रदेशको सीमाङकन हेरफेर गर्ने सरकारको निर्णय मान्य नभएको पनि स्पष्ट पार्नुभएको थियो । नेता गौतमले सरकारले प्रदेशसभाको अधिकारको दुरुपयोग गरेको आरोप लगाउदै  संशोधन गर्ने अधिकार रुपान्तरीत संसदलाई नभएको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.