चुनावमा जान सरकारले गरेको प्रस्ताव मधेशी मोर्चाले अस्विकार

काठमाडौ । मंसिर १६ । संसोधन प्रस्ताव पारित गरी चुनावमा जान सरकारले गरेको प्रस्ताव संयुक्त मधेशी मोर्चाले अस्विकार गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मोर्चालाई निर्वाचनमा जान आग्रह गरेपनि मोर्चाले संशोधन प्रस्तावले मधेसी जनजाति आदिवासी लगायतको माग सम्वोधन गर्ने सुनिश्चतता नभएको भन्दै अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिन नसक्ने जवाफ दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया अघि बढिसकेको भन्दै निर्वाचनमा भाग लिन मोर्चालाई आग्रह गर्नुभएको माओवादी नेता बर्षमान पुनले जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’
तर मोर्चका नेताहरुले मानेनन । संशोधन प्रस्तावले मधेसी जनजाति आदिवासी लगायतको माग सम्वोधन गर्ने सुनिश्चतता नभएकोले चुनावमा जान नसकिने संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

मोर्चाले भने माग सम्वोधन नहुने अवस्थामा संशोधन प्रस्तावको औचित्यमाथि नै प्रश्न उठाएको थियो ।

सरकारले मोर्चाको माग सम्बोधन गर्न भन्दै मंगलबार राति सात बुँदे संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ ।

यसैबीच मोर्चाको बैठकले पनि संशोधन प्रस्तावले माग सम्वोधन नुहने भन्दै चुनावमा जान नसकिने निर्णय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.