आन्दोलन चर्कियो, बुटवल सहित गुल्मी,पाल्पा लगायत पाँच नम्वर प्रदेशमा कतै बन्द, कतै प्रदर्शन

बुटवल । मंसिर १६ । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपालको प्रमुख शहर बुटवल लगायत पाँच नम्वर प्रदेशमा आन्दोलन चर्किएको छ ।  संशोधन प्रस्तावको विरोधमा आन्दोलन बढ्दै गएपछि बुटवल दोश्रो दिन पनि बन्द छ ।

यसैगरी  गुल्मी,  पाल्पा, कपिलवस्तु, अर्घाखाँची,  प्यूठान, रोल्पा, दाङ र  नवलपरासी  जिल्लामा कतै बन्द त कतै प्रदर्शन भैरहेको छ ।

बुटवलमा बिहिवार बिहानैदेखि बन्द छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । बुटवल र आसपासका बजार, औद्योगीक कलकारखान, शिक्षण संस्था लगायत सबै बन्द छन् ।

बुटवलको राजमार्ग चौराहा, मिलनचौक,पुष्पलाल पार्क लगायतका क्षेत्रमा स्थानीयहरु  सडकमा उत्रिएका छन् ।

सत्तारुढ दल काग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता पनि सीमांकन संशोधनको बिरोधमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । यस्तै उद्योग ब्यवसायी पनि आन्दोलनमा उत्रिका छन ।

आन्दोलनकारीले पाँच नम्बर प्रदेश टुक्र्याउन पाईंदैन, संविधान संशोधन चाँहीदैन, हिमाल पहाड तराई कोही छैन पराई, देश बचाऔं, राष्ट्रियता जोगाऔं लगायतका नारा लगाउदै प्रदर्शन गरिरहेका छन् ।

यसैबीच अनेरास्वियुले पुष्पलाल पार्कमा सालिक तोडफोडको प्रयासमा आफ्नो संलग्नता नभएको बताएको छ ।
यसैगरी पाल्पामा पनि स्थानीयले नै प्रदर्शन गर्दै विहानैदेखि  यातायात र बजार बन्द गराएका छन् । स्कुल क्याम्पस पनि चल्न सकेका छैनन ।

यस्तै गुल्मीमा बिहानै देखि प्रदर्शन भएको छ । बुधवारदेखि अनिश्चितकालिन बन्द भएपछि गुल्मीको सदरमुकाम तम्घास सहितका बजार क्षेत्र र ग्रामिण क्षेत्र पनि प्रभावित भएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.