संशोधनको विरोधमा प्रदर्शन चर्किदै

बुटवल।मंसिर १७ । पाँच नम्वर प्रदेश विभाजनको विरोधमा आन्दोलन चर्कदै गएको छ । बुटवल सहित प्रदेश भर प्रदर्शन तथा बन्द भएका छन । शुक्रवार पनि प्रदर्शन भए ।

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव विरुद्ध नेपाल विद्यार्थी संघले  बुटवलमा जनमत संग्रह गरेको थियो । जनमत संग्रहमा १८ हजार दुई सय ७३ जनाले मतदान गरेको नेविसंघले जनाएको छ ।

रुपन्देहीका उद्योगी, व्यवसायीले बुटवलको राजमार्ग हुँदै भित्री सडकहरुमा विरोध जुलुस निकालेका थिए । रुपन्देही उद्योग संघ, व्यवसायीको सञ्जाल र उद्योग वाणिज्य संघ बुटवलले छुट्टाछुट्टै विरोध जुलुस निकालेका हुन् ।

यसैवीच शुक्रवार पनि गुल्मीमा आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र जिविसको गेटमा प्रदर्शन गर्दै कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाए ।

पाल्पामा पनि बिहानैदेखि प्रदर्शन भएको थियो । नेपालगञ्जमा पनि बिहानैदेखि विरोध प्रदर्शन सुरु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.