बुटवल।मंसिर १७ । नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतमा बाह्र बुँदे सम्झौता गर्नु गल्ति भएको स्वीकार्नुभएको छ ।
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिदेशीलाई खेल्ने मौका नेपाली नेतृत्वले नै दिएको भन्दै भारतमा भएको बाह्र बुँदे नेपालमै गर्नुपर्थ्यो भन्नुभयो ।
विदेशी शक्तिलाई खेल्न दिन नहुने र देशका समस्या आफै समाधान गर्नुपर्ने उहाँको भनाई थियो ।