संशोधन प्रस्तावको विरोधमा बुटवलमा विशाल जनप्रदर्शन (भिडियोसहित )

बुटवल।मंसिर १७ । पाँच नम्वर प्रदेश टुक्राउने गरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा शुक्रवार बुटवलमा विशाल जनप्रदर्शन तथा सभा भएको छ ।

सरकारी प्रस्तावको विरोधमा हजारौ जनता सडकमा ओर्लिएपछि प्रदर्शनका क्रममा बुटवलका सडक सर्वसाधारणले भरिभराउ भएको थियो ।  राजमार्ग चौराहाबाट शुरु भएको र्याली ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रर्दशन तथा सभामा सत्तारुढ दलकै केन्द्रीय नेताहरुले समेत संशोधन प्रस्ताव सरकारको नभएको र विदेशी इशारामा आएको आरोप लगाए ।

सभालाइ सम्वोधन गर्दै एमाले उपमहासचिव विष्णु पौडेल, माओवादीका नेता टोपबहादुर रायमाझी र काग्रेसका चन्द्र भण्डारीले संशोधन प्रस्तावको कडा विरोध गरेका थिए । उनीहरुले पाँच नम्वर प्रदेश टुक्राउने प्रस्ताव विदेशीको इशारामा भएको भन्दै उनीहरुले विखण्डनलाई सघाउने गरि आएको प्रस्ताव फिर्ता लिन पनि माग गरेका थिए ।

कार्यक्रमलाइ सम्वोधन गर्दै एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रदेश टुक्राउने विषयमा जनमत संग्रह गरेर देखाउन चुनौती दिएका थिए ।

संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरुले उद्घोष गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.