बुटवलमा मानव सागर ओर्लिएपछि त्यसको प्रभावले सबैतिर आन्दोलन चर्कियो (फोटो-फिचरसहित )

संशोधनका विरुद्ध लगातार आन्दोलन जारी

बुटवल । मंसिर १८ ।  सिमांकन हेरफेरको विरोधमा बुधबारदेखि सुरु भएको आन्दोलन अहिले पनि चलिरहेको छ । शुक्रबार बुटवलमा जनआन्दोलन २०६२/६३ को झल्को दिनेगरी सडकमा मानव सागर ओर्लिए पछि त्यसको प्रभावले सबैतिर आन्दोलन चर्किएको छ ।
सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको छ ।
सरकारले संसदमा प्रस्ताव दर्ता गराएस“गै प्रदेश नं. ५ का विभिन्न स्थानमा प्रर्दशन भैरहेका छन् । बुटवलमा शनिबार पनि बिहानैदेखि प्रर्दशन भएको थियो । युवा, विद्यँर्थीहरु सडकमा प्रदर्शनमा उत्रिएका थिए । पछि नागरिक समाजले सञ्जाल
बनाएर प्रदर्शन गरेका थिए । रुपन्देहीका विभिन्न ठाउ“मा प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहनसमेत भएको छ ।
पुष्पलालपार्कमा बेलुका केहीबेर तनाव उत्पन्न भएको थियो । त्यहा“ आन्दोलनमा उत्रिएका केही समूहले तोडफोड गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर रोकेको थियो । त्यो समूहले पुष्पलालपार्कमा रहेको सहिद स्मारकमा
तोडफोडको प्रयास गरेको थियो । प्रहरीले लाठी प्रहार गर्न खोजेपछि उक्त समूह तितरबितर भएको थियो । अबेरसम्म त्यहा“ प्रहरीले गस्ती गरिरहेको छ ।
संविधान संसोधनको विरुद्ध संस्थागत निर्णय गरेको नेकपा एमालेले सहित अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि आन्दोलनमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका राजनीतिक दलहरुले संस्थागत रुपमा
सिमांकनको विरोध नगरे पनि प्रर्दशनहरुमा ती दल आवद्ध नेता/कार्यकर्ताहरु पनि संगै सहभागी छन् । युवाहरु स्वतस्र्फूत राष्ट्रिय झण्डा लिएर शनिबार पनि सडकमा उत्रिएका थिए ।

विभिन्न संघ/संस्थाले बन्दको आह्वान गरेका छन् । भने संविधान संशोधनविधेयक फिर्ता लिन माग गर्दै शान्तिपूर्ण प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा शनिबार बुटवलको राजमार्ग चौराहाबाट प्रहरीले दुई जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कतिपय स्थानमा प्रदर्शनकारीले अभद्र व्यवहार गर्नुका साथै अराजकता प्रदर्शन गरेको प्रहरीको भनाइ छ बुटवलको राजमार्ग चौराहा स्थित व्यवसायिक सटरमा ढुङ्गा प्रहार गरे लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरी नियन्त्रणमा राखेको हो । अनियन्त्रित रुपमा ढुङ्गा हान्दै हिडेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुटवलको मिलनचोकमै भैरव युवा समाजले उक्त विधेयकको बिरोधमा प्रदर्शन गरिरहेको छ । अस्पताल लाईनमा रहेको माओवादी केन्द्रले निर्माण गरेको शहिद स्मारकमा प्रहरीले सुरक्षा दिइरहेको छ । त्यहा“ बिहीबार सहिद
स्मारक फाड्न खोज्दा झडप भएपछि प्रहरीले कडा सुरक्षा प्रहरा दिएको हो ।अन्य स्थानमा भने शान्त देखिन्छ । बिभिन्न संस्थाले आह्वान गरेको आम हड्तालका कारण बुटवलबाट छुट्ने कुनै पनि सार्वजनिक सवारीका साधन चलेका छैनन् ।

त्यस्तै तिलोत्तमा ड्राइभरटोमा पनि स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहलको पुत्ला निर्माण गरी प्रदर्शन गरिरहेका छन् । भैरहवामा पनि प्रदर्शन भएको बताइएको छ । उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् । व्यापार व्यवसाय पनि बन्द
छन् । प्रहरी, पत्रकार, एम्बुलेन्स, दुध बोक्ने तथा विवाहका गाडी भने निर्वाध रुपमा चलेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.