काठमाडौं । मंसीर १९, संविधान संशोधन प्रस्तावको जनस्तरमा ब्यापक विरोध भैरहदा भारतले संशोधन प्रस्तावको स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका अधिकारीले संविधान संशोधन प्रक्रिया एक महत्वपूर्ण कदम भएको भन्दै संशोधन प्रस्तावको समर्थन गरेको हो ।
भारतले समर्थन गरे लगत्तै आइतवार नै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन । उनीहरुका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागि थिए ।
भारतको समर्थन र भट्टराई तथा यादवले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेरै प्रधानमन्त्री दाहाललाई भेट्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यसअघि भट्टराई तथा यादवले संशोधन प्रस्तावको विपक्षमा संयुक्त विज्ञप्ति नै निकालेका थिए ।