मिथिलामा रामजानकी विवाह पञ्चमीको हर्षोल्लासपूर्वक

बुटवल । मंसीर १९,  जनकपुरमा रामजानकी विवाह पञ्चमी हर्षोल्लासपूर्वक मनाइएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको संझनामा  हरेक बर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।

विवाह पञ्चमीका अवसरमा मिथिलाका जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, विवाह मण्डप लगायतका मठमन्दिरमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

राममन्दिर, जानकी मन्दिर लगायतका मठमन्दिरबाट बाजागाजासहित निस्किने झाँकीले नगरका विभिन्न भागको परिक्रमा गरी बाह्रविघा मैदानमा पुगेपछि राम र सीताको स्वयंवर हुन्छ । स्वयंवरपछि वैदिक विधिपूर्वक वैवाहिक कार्यक्रम समेत हुने परम्परा छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.